0
loading...
काठमाडौं – बाँके वागेश्वरी गाविस वडा नं. १ धौलागिरीकि सुदिपा बानियाको यतिबेला भक्तपुर अस्पतालमा उपचार भईरहेको छ । उनको दुईवटै मृगौलाले काम नगर्दा उपचार गराई भईरहेको हो । १७ वर्षिय सुदिपा अहिले कक्षा १२ मा अध्ययनरत छिन् । आज भन्दा ६ वर्ष पहिले उनलाई सामान्य ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा सुनिने लक्षण देखा परेको थियो । अञ्चल अस्पताल भेरीका डक्टरलाई देखाउदा उनले चिसोको कारण भनेपछि सुदिपा र उनको परिवारले यस्लाई सामान्य चेक जाँच गराएको सुदिपाको हजुरबुवा खेम बानिया बताउँछन् । सुदिपा सामान्य विद्यार्थी होईनन् । उनी स्कूलमा अरु साथीको भन्दा अब्बल नम्बर ल्याएर प्रथम हुने विद्यार्थी हुन् । सुदिपा भन्छिन्–“म आज बिरामी भएको पुरै तीन महिना भएको छ । मैले पढ्न पाएको छैन । मलाई पढ्न मन छ र पछि यो देशको असल नागरिक बनेर देश चलाउन मन छ । तर मेरो सपना पुरा गर्नको लागि म बाँच्नु पर्छ । मेरो दुईवटै मृगौलाले काम गर्दैन । प्लिज मलाई बचाई दिनुस् ।” 

Post a Comment

Dear readers, after reading the Content please ask for advice and to provide constructive feedback Please Write Relevant Comment with Polite Language.Your comments inspired me to continue blogging. Your opinion much more valuable to me. Thank you.